समाचार लेखेकै कारणले सप्तरी प्रहरीले पत्रकार निखिललाइ पक्राउ गरे, प्रेस संगठनद्वारा भत्सर्ना

मिति: २०२३-०९-१३ , समय : २१:१३:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मौलाउँदै गरेको बेथिति बिरुद्ध समाचार लेखेकै कारण प्रहरीले सप्तरीका पत्रकार निखिल राउत (बिबेक यादव )लाइ पक्राउ गरेको छ । विगत केदिन अघि मात्र साे अस्पतालकाे बिरुद्धमा समाचार लेखेको कारणले पुर्वाग्रह रुपमा बिना कारण सप्तरी प्रहरीले पत्रकार यादवलाई पक्राउ गरिएको हाे । बेथिति बिरुद्धकाे समाचार पत्रकार यादवले केछ खबरमा प्रकाशन गरे लगत्तै अस्पताल प्रशासनले झुठो उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गराएको थियोे । अस्पताल प्रशासनले अाफनाे कमजोरी ठाकछाेप गर्नकाे लागि झुठो उजुरी दिएपछि यसरी पत्रकारलाई बिना कारण पक्राउ गरेको स्रोतले जनाएको छ ।
यसेबिच बिना कारण झुठो उजुरीको अाधारमा समाचार लेख्दा पक्राउ गरेका पत्रकार यादवलाई अविलम्ब रिहा गर्नुपर्ने माग समाजवादी प्रेस संगठन नेपालले गरेका छन । संगठनका महासचिव रामकुमार एलनले एक विज्ञप्ति प्रकाशन गरि पक्राउ गरेका पत्रकार निखिललाइ अविलम्ब रिहा नगरेको खण्डमा सप्तरी प्रहरी तथा अस्पताल बिरुद्ध कडा अान्दोलन गर्ने चेतावनी समेत दिएका छन।

प्रकाशित मिति: २०२३-०९-१३ , समय : २१:१३:२६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्