मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवकाे निधन

मिति: २०२३-०९-१२ , समय : १५:२३:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।

पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : १५:२३:३० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित