मधेस प्रदेश : भन्सार छलेर ल्याएकाे आठ सय किलो काजु बरामद

मिति: २०२३-०९-१२ , समय : ०७:४८:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशका प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे ।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : ०७:४८:३८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्