सप्तरीको महादेवा गापामा नाम मात्रको देखावटी काम गरेर भुक्तानी गरेको खुलासा

मिति: २०२३-०९-११ , समय : १७:०९:११ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमको लाखौं भुक्तानी लिएर भ्रष्टाचार ,अनियमितता गरेको आरोप स्थानियले लगाएका छन ।
महादेवा गाउँपालिकाका वडा न.२ का वडाध्यक्ष जागेश्वर प्रसाद ईसरले आर्थिक वर्ष २०७९/०८० को गाउँसभावाट स्वीकृत कार्यक्रमलाई संशोधन गरी आर्थिक हिनामिना तथा भ्रष्टाचार गर्ने उदेश्यले विकाशिय योजनालाई परिवर्तन गरी मर्मत सम्भारको नाममा ७ लाख रकममा प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,लेखापाल रमेशकुमार चौधरी,सह–लेखापाल हिरालाल यादव र उपाध्यक्ष अर्चना कुमारी यादव सहितको मिलीभगतमा प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झाले गरेको हुदाँ उक्त योजनाको छानविन गरी कार्यवाहीको लागी अखतियार दुरुपयोग अनुसंधान आयोग टंगाल काठमाण्डौमा उजुरी दिएको नाम उल्लेख नगर्ने शर्तमा एक जना स्थानियले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत झा,लेखापाल चौधरी,उपाध्यक्ष यादवका अनुसार यस काममा आर्थिक हिनामिना तथा भ्रष्टाचार आफुहरुले नगरेको दावी गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : १७:०९:११ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित