पत्रकार कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै एक घण्टा सडक अवरुद्ध

मिति: २०२३-०९-११ , समय : १६:४५:२४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा सोमबार पत्रकार कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै सडक अबरुद्ध गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.१ घर भएका पत्रकार नर्मदेव यादव र के छ खबरका निखिल राउत ( बिबेक )लगायतका पत्रकारहरुमाथि गजेन्द्रनारायण सिंह अस्पतालमा भएको कुटपिट विरुद्ध स्थानीयले विहान १० बजे देखि ११ बजेसम्म सडक अबरुद्ध गरेका हुन् ।
सप्तको रुपनीमा विरोध प्रदर्शनमा उत्रिएका स्थानीयबासी । फोटो: न्यूज टुडे
गजेन्द्रनारायण सिंह अस्पतालमा पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गर्नेमाथि कारबाही गर, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर , मुखदर्शक प्रहरी प्रशासन मुर्दावाद, कानुनी राज्यको संरक्षण गर लगायतका विभिन्न नारा लेखिएको प्लेकार्डसहित टायर बालेर स्थानीयबासीले पत्रकारको समर्थन गर्दै आधाघण्टा सडक अवरुद्ध गरे ।
स्थानीयको आन्दोलनमा नेपालमै ख्यातिप्राप्त चर्चित अधिकारकर्मी सावित्री जय नारीले समेत समर्थन जनाएकी थिइन् । स्थानीयसंगै आन्दोलनमा रहेकी महिला अधिकारकर्मी जय नारीले समाचार संकलनकै लागि पुगेका पत्रकारमाथि पटकपटक राज्यपक्षबाटै कुटपिट र दुर्व्यवहारको घटना हुनु दु:खद भएको बताइन् । उनले पत्रकारमाथि भएको यस प्रकारको घटनाले नागरिक स्वतन्त्रताको उल्लंघन भएको टिप्पणी गरिन । जय नारीले पत्रकारमाथि हुने यस्ता किसिमका अमानवीय घटनालाई गम्भीरतापुर्वक लिई संलग्नमाथि हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिइन ।

स्थानीय मोहन रामले पीडितको पक्षमा आवज उठाउने पत्रकारमाथि कुटपिट भएको विरुद्धमा आन्दोलनमा उत्रिएको बताए । उनले अस्पतालमा एक दलित महिलामाथि भएको अन्यायको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि कुटपिट र दुर्व्यवहार गर्ने स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्न माग गरेका हुन।
उनले शान्तिपुर्ण ढंगले उठाएको माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने समेत चेतावनी दिए ।
पत्रकार कुटपिट विरुद्ध स्थानीयबासीको आन्दोलनमा सहभागी महिला अधिकारकर्मी जय नारी । फोटो: न्यूज टुडे
स्थानीयको आन्दोलनका कारण सयौंको संख्यामा सवारी साधनहरु सडक थन्किएको थियो । बन्दमा कारण हजारौं यात्रुहरुले सास्ती खेप्नु परेको थियो ।
गत २१ गते शुक्रबार शम्भुनाथ नगरपालिका १२ कि ६६ बर्षिय एकल महिला रामरती सदालाई अस्पतालले सन्चो नभई डिस्चार्ज गरेको भनी आफन्तजनले खबर गरेपछि समचार संकलनका लागि केछ खबरका टिम अस्पताल पुगेका थिए ।
पीडितको समस्या बुझ्नेक्रममा रहेका बेला अस्पतालका स्वास्थ्यकर्मी सहितका समुहले उनिहरुमाथि निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए ।
साे घटनाको समजवादी प्रेस संगठन नेपाल, शम्भुनाथ मिडिया प्रालि लगायतका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै कुटपिटमा संचारकर्मी कुटपिट र दुर्व्यवहारमा संलग्नहरुमाथि कारबाहीको माग गरेका छ्न ।
छिमेकीका कुटपिटबाट घाईते भएकी रामरातीलाई पिडकसंग मिलेर अस्पतालले डिस्चार्ज गरि घटनालाई दबाउन खोजेको पीडित पक्षको आरोप छ ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : १६:४५:२४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित