सखडा बजारमा मन्दिर समितिले नष्ट गरे विषादीयुक्त मिठाई

मिति: २०२३-०९-१० , समय : १८:२२:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्तामा झन्डै एक सय किलो परिमाणमा विषादीयुक्त, अबैध तथा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने लड्डु,पेडा लगायतका मिठाइँलाई नष्ट गरिएको छ ।
छिन्नमस्ता मन्दिर समितिले मन्दिर परिसर भित्रै करिब ७० किलो ग्राम लड्डु र २५ किलो ग्राम पेडा मिठाइँ नियन्त्रणमा लिई आईतवार नष्ट गरेका हुन ।
यस्ता मिठाइँहरु भारतको बिहारका बजारबाट आयात भएर यहाँ बिक्री वितरण हुदै आएको थियो । यी मिठाईहरु मानव स्वास्थ्यमा प्रतिकुल प्रवाह पार्ने गरेको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिनु भयो ।
यस्ता कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमन नगर्दा समितिले बाध्य भएर यस्तो एक्सनमा उत्रनु परेको पिठाधिस ठाकुरले बताउनु भयो । उहाँले नजिकिँदै गरेको बडा दशैको अधि छिन्नमस्ता मन्दिर परिसर र सखडा बजारको अनुगमन गरी मदिरा पसलहरु समेत बन्द गराउन सञ्चारमाध्यम मार्फत सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०९-१० , समय : १८:२२:४८ , १ वर्ष अगाडि