प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

मिति: २०२३-०९-०८ , समय : २०:४१:०७ , रामएकवाल राम

तस्बिर : सामाजिक सन्जालबाट

रामएकवाल राम

सिरहा । प्रदीप गिरीको प्रथम वार्षिकी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले कांग्रेसका दिवंगत गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लहानले आयोजना गरेको कार्यक्रममा मेमोरियल अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साथै लहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाएको हो। गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे। गिरिले पुर्याएको योगदान, दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण पछिको पुस्तासम्म स्मरण रहने उनले बताए ।

उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै मौलिक दृष्टिकोण थियो’, गिरिलाई सम्झँदै प्रचण्डले भने- ‘राज्यले आतङ्ककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक समस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहीअनुसार देउवासँग भेट गराउनुभयो ।’

प्रकाशित मिति: २०२३-०९-०८ , समय : २०:४१:०७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित