खाना पकाउने क्रममा जलेर एक महिला घाइते
मिति: २०२३-०२-१९ , समय : १७:४९:०३ , खाना पकाउने क्रममा जलेर एक महिला घाइते
मिति: २०२३-०२-१९ , समय : १७:४९:०३ , खाना पकाउने क्रममा जलेर एक महिला घाइते
खाना पकाउने क्रममा जलेर एक महिला घाइते
सप्तरी, ७ फागुन ।
सप्तरीमा खाना बनाउँदै गर्दा एक महिला जलेर घाइते भएकी छिन् ।
आज बिहान करिब ११ बजेको समयमा राजबिराज नगरपालिका १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा मोटोको चुलोमा खाना पकाउने क्रम्मा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाईते भएकी महिलालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०२-१९ , समय : १७:४९:०३ , २ वर्ष अगाडि