टुकी फाउण्डेशनद्वारा सप्तरीका गरिब तथा एकल महिलालाइ शौचालय सहित घर निर्माण गरेपछि खुशी

मिति: २०२३-०९-०७ , समय : १९:२५:०६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । टुकी फाउण्डेशनले विहीवार राजविराजमा सामाजिक लेखापरिक्षण एक कार्यक्रमको विच सार्वजनिक गरेका छन । सप्तरीको राजविराज नगरपालिका भित्र दुई जना एकल महिला गरिब,असहाय,दिन दुखीलाई शौचालय सहित घर निर्माण र ३/३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको टुकी फाउण्डेशनकी सावित्री रजाईलीले जानकारी दिईन । उहाँको अनुसार राजविराज नगरपालिका वडा न. १४ का एकल महिला लडु वत्ति मण्डलको शौचालय सहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको बताइन । त्यस्तै राजविराज नगरपालिका वडा न.९ का सफिना खातुनको शौचालय सहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको सो कार्यक्रममा बताइन । सो कार्यक्रममा टुकी फाउण्डेशनका कोडिनेटर महिला सचेतना समाजका अध्यक्ष सुनिता साह क्रान्तिले समाजमा अपहेलित,दिनदुखी,असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरको लागी बाख्रा पालनबाट आय आर्जणमा मदत पुग्ने बिश्वास ब्यक्त गरिन । उहाँले अगामी दिनमा अरु एकल महिलालाई समेटन टुकी फाउण्डेशनकलाई आग्रह गर्नु भईन । सो अवसरमा राजविराज नगरपालिका कार्यवाहक प्रमुख यसरत परविणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईजिनियरद्वय केवल दास,अशोककुमार दास,पशु,पंक्षि शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ,बिणा राई,घर धनीको तर्फवाट वविता मण्डल र सकिना खातुन लगायत आ आफनो विचार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२३-०९-०७ , समय : १९:२५:०६ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित