४० वटा कानुन बनाउन सरकारलाई राष्ट्रिय सभाको निर्देशन

मिति: २०२३-०९-०४ , समय : १८:१८:५४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डौ । राष्ट्रिय सभाले संघीयता कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरु तत्काल बनाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन’ प्रतिवेदनलाई छलफलपछि पारित गर्दै राष्ट्रियसभाले कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानुन बनाउने प्रक्रियालाई सरकारले प्राथामिकतामा राख्नेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा संघीयता कार्यान्वयनका लागि संघले बनाउनुपर्ने ४० वटा कानुन अझै बन्न नसकेको उल्लेख छ ।

संघीय कानुनको अभावमा प्रदेश तथा पालिकाले समेत कानुन बनाउन नपाएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानुन बनाउन ढिलो भएको स्वीकार गर्दै अब गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान जारी भएपछि सरकारले एक सय ९१ वटा कानुन बनाइसकेको जानकारी दिँदै उहाँले अब बाँकी कानुन बनाउन सरकारले योजनाबद्ध काम गर्ने बताउनुभयो ।

उहाँले संघीय निजामति विधेयक संसदमा दर्ता गर्नका लागि भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्ने जानकारी दिनुभयो । उज्यालो

प्रकाशित मिति: २०२३-०९-०४ , समय : १८:१८:५४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित