नेकपा (माओबादी केन्द्र)काे जनतासंग विशेष रूपांतरण अभियानको उद्घाटन
मिति: २०२३-०९-०२ , समय : १९:१२:३५ , गामघर डेस्क
मिति: २०२३-०९-०२ , समय : १९:१२:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेकपा (माओबादी केन्द्र)का राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड)ले आज शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग सप्तरीको विभिन्न वडामा शनिवार नेकपा (माओबादी केन्द्र) नेताहरुले अभियानको उद्घाटन गरेका छन्।
सोही क्रममा सप्तरी कमाण्ड १ को राजविराज,तिरहुत ,अग्नीसाइर कृष्णासवरण ,खडक,शम्भुनाथ,बोदेबर्सान,हनुमाननगर कंकालिनी लगायत पालिकामा अभियानको उद्घाटन गरेका छन्।
तिरहुत गाँउपालिका वडा नं ४, अग्नीसाइर कृष्णसवरण ४ अभियानको उदधाटन प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र मधेश प्रदेश समितिका पुर्व सदस्य छेदी रजक तथा संविधान सभा सदस्य लक्ष्मी चौधरी,मधेश प्रदेस पुर्व सदस्य प्रमिला यादव लगायत रहेका थिए। सप्तरी कमाण्ड १ को राजविराजको उदधाटन के.स.रामकुमार शर्माले जनतासंग विशेष रूपांतरण अभियानमा प्रमुख अतिथिको आसनबाट नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा योद्धाहरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताउनु भयो । उहाँले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कार्यवाहीको प्रकृया अगाडी बढाएको बताउदै अहिलेको जनता संग विशेष रूपांतरण अभियान लाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको ऐजेंडा पुर्याउनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा नगर,गाउँ कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२३-०९-०२ , समय : १९:१२:३५ , १ वर्ष अगाडि