रास्वपा सङ्घीयता विरोधी नरहेको ः रास्वपाका अध्यक्ष लामिछाने

मिति: २०२३-०९-०२ , समय : १८:५९:०५ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छ्न । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन ।
पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष लामिछानेले रास्वपालाई बर्तमान सङ्घीय शासन व्यवस्था विरोधी नरहेको बताउनु भयो ।
उहाँले रास्वपा बर्तमान शासन व्यवस्था विरोधी नरहेको बताउदै प्रत्येक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनु पर्ने पक्षमा रास्वपा रहेको दावी गर्नु भयो ।
प्रादेशिक संरचनाबाट आम नागरिक नजोडिएकोले प्रादेशिक संरचनाबाट हाल भइरहेको सेवा प्रबाहमा ढिलासुस्ती र बेथिति बढेको बताउनु भयो ।
अध्यक्ष लामिछानेले विग्रीएको जति दोष संरचनालाई थुपार्न नहुने बताउदै शिक्षा, स्वास्थ्य, सामाजिक परिबर्तनको सुचकहरुमा भइरहेको बेथितिको अन्त्य नभएसम्म विश्वास गर्न सक्ने अवस्था चाहिँ नरहेको जिकिर गर्नु भयो । उहाँले बर्तमान प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकारबाही प्रति टिप्पणी गरिहाल्ने समय नभएको बताउनु भयो ।
उहाँले भ्रष्टाचार विरुद्धको काम भएको बताउदै सत्तारूढ पार्टीका नेताहरुमाथी अनुसन्धानमा कन्जुस्याइँ भईरहेको देखिदैछ, भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेताकार्यकर्तालाई संरक्षण गर्न छ्लछाम सामसुम भईरहेको बताउनु भयो । उहाँले रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने बताउदै अहिले सरकारमा नजाने दावी गर्नु भयो ।
पुर्व गृह मन्त्री लामिछाने मधेश प्रदेश स्तरीय २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घटन गर्न शनिबार राजविराज आएका थिए ।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : १८:५९:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित