छ वर्षसम्म वडाकै भवनमा सप्तरीको महदेवा गाउँपालिका….
मिति: २०२३-०३-०२ , समय : १७:४०:४३ , गामघर डेस्क
मिति: २०२३-०३-०२ , समय : १७:४०:४३ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
सप्तरी जिल्लाको महादेवा गाउँपालिका छ वर्षसम्म वडाकै भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ। वि. स. २०७४ यता गाउँपालिकाले आफ्नो भवन बनाउन नसकेर वडा नं. ६ को वडा कार्यालयको भवनमा बसेर कामकाज गरिरहेको छ।
गाउँपालिका केन्द्र विवाद जग्गा अभावलगायतका विषयले गाउँपालिकाले आफ्नो भवन बनाउन नसकेका कारणले वडा पालिकाकै भवनमा बस्न बाध्य भएको छ । महादेवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले गाउँपालिकाको केन्द्रको विवाद कायमै रहेकाले सबै काम ठप्प भएको बताउनुभयो। उहाँले गाउँसभाले वडा नं. ५ को नहर अडाको खाली क्षेत्रमा केन्द्र तोकेको छ । तर सो जग्गा चन्द्र नहरले नदिने भए पछि जग्गा अभावमा प्रशासनिक भवन विगत छ वर्षदेखि वडा कार्यालयबाट सञ्चालन भई रहेको प्रमुख प्रशासकीय अधिकृत झाले बताउनुभयो । वडा न.. ६ का वडाबासीले अन्यत्र सार्न नदिएको कारण गाउँ सभाको निर्णय बमोजिम प्रशासनिक भवन अन्यत्र बन्न नसकेको प्रमुख प्रशासकीय अधिकृत झाले बताउनु भयो । उहाँले वडाबासीको विवादको कारण भवन बनाउने योजना अलपत्र परेकाले वडा पालिकाकै भवनमा बसेर कामकाज गरिरहेको जानकारी दिनुभयो। यस सम्बन्धमा गाउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले जग्गा प्राप्तीको प्रकृया अगाडी बढाएकोले जग्गा प्प्त भए पछि गापाको प्रशासनिक भवनको काम अगाडी बढाउने बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०३-०२ , समय : १७:४०:४३ , २ वर्ष अगाडि