मधेस प्रदेश : मालपोत कार्यालयका सुब्बा ९ हजार घुससहित पक्राउ
मिति: २०२३-०३-०२ , समय : १६:४८:०२ , गामघर डेस्क
मिति: २०२३-०३-०२ , समय : १६:४८:०२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशकाे महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिँदलिँदै रंगेहात पक्राउ गरेको छ ।
साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा मागेपछि नासु रामकृष्ण पण्डित पक्राउ परेका हुन् ।
यता पण्डित जग्गा कारोबारी लाल कर्णमार्फत पैसा लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-०२ , समय : १६:४८:०२ , २ वर्ष अगाडि