उपप्रधानसहित दुई मन्त्रालयमा जनमत पार्टीको दावी

मिति: २०२३-०३-०२ , समय : १५:१८:२७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौँ ।
जनमत पार्टीले आठ दलीय गठबन्धनमा उपप्रधानसहित दुई मन्त्रालयमा दाबी गरेको छ।

बिहिबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरे।

उनले गठबन्धनमा आफुहरु दुई मन्त्रालय पाउने भन्दै भने, ‘उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा. सीके राउत जाने सम्भावना रहेको बताए।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : १५:१८:२७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित