सप्तरी , सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा वर्षा, बाढी पहिरोको जोखिम

मिति: २०२३-०८-२९ , समय : ०८:०७:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायत केही ठाउँमा गएराति पानी परेको छ । ती क्षेत्र भएर बग्ने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गोरखाको बारपाक र लमजुङ क्षेत्रमा पहिरोको जोखिम छ ।


मकवानपुर, चितवन, नवलपरासीको केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । चितवनको देवघाट, रामपुर आसपास भने ठूलो पानी परेको छ । नारायणगढ-मुग्लिङ सडक खण्ड आसपासका खहरे खोलामा आकस्मिक बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । तर अहिले नारायणगढ–मुग्लिङ सडकमा सामान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, बुटवलको तिनाउ नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा आज बिहानसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-२९ , समय : ०८:०७:५२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित