अपहरण तथा लुटपाटमा संलग्न राजविराजका दास पक्राउ

मिति: २०२३-०८-२७ , समय : २१:०९:४८ , गामघर डेस्क

लुटपाटमा संलग्न दास सप्तरीका एसपिसग / फायल फाेटाे

गामघर डेस्क

राजविराज । अपहरण,शरिर बन्धक तथा डाका मुद्दामा संलग्न सप्तरीको राजविराजका एक युवक पक्राउ परेको छ । साे घटनामा संलग्न सप्तरीको राजविराज नगरपालिका वडा न. १ वस्ने अजय कुमार दासलाई पक्राउ गरेको हाे ।
आफ्नो व्यवसायीक कामको सिलसिलामा राजविराज आउनु भएका धरानका एकजना महिला र पुरुषलाई घर फर्कने क्रममा म्याजिक चढि रुपनि तर्फ जाँदै गरेको अवस्थामा साउन २९ गते सप्तरीको रुपनि गाउपालिका वडा न.- ५ स्थित युनिक अस्पताल नजिकबाट मोटरसाइकलमा आएका केही व्यक्तिहरुले धाकधम्कि दिई उनीहरुको साथमा रहेको रु ९७,०००|- नगद तथा धरानमा रहेका पिडित महिलाका श्रीमानलाई सोही समयामा फोन गरी मोवाइल वैंकिङ मार्फत थप रकम रु १,००,०००- रकम फिरौति मागेका थिए । फिरौति रकम प्राप्त भएपछी पिडक पक्षहरु घटनास्थलवाट फरार भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उक्त घटनामा संलग्न राजविराज नगरपालिकाका दासलाई जिल्ला प्रहरी कार्यालय सप्तरीकाे टोलीले पक्राउ गरी कानुनी पकृया अगाडी वढाउदै थप अनुसन्धान कार्य भैरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २१:०९:४८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित