सप्तरीमा बलात्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए

मिति: २०२३-०८-२७ , समय : २०:३४:३७ , गामघर डेस्क

तस्बिर : मधेस लाइभबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको बोदेबर्साईन नगरपालिकामा एक जना युवतीलाई बलात्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिएका छन । यसरी कुटिनेमा सप्तरीको बाेदेबर्साईन नगरपालिकामा वडा न.३ मधुवनको परिवर्तित नाम साजन – ११ लाई जबरजस्ती करणीको प्रयास गर्ने एक युवालाई स्थानियहरुले राम धुलाइ गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार घटना भएको स्थान भन्दा फरक ठाउँमा युवतीका अभिभावक तथा स्थानियहरुले केटीलाई दुव्र्यवहार गर्ने केटालाई कुटपिट गरेको बताएको छ ।
पिडित साजन –११ का अनुसार गत विहिवार दिउँसो करिब २ बजेको समयमा आफ्नै खेतमा घाँस काटिरहेको बेला स्थानीय युवा संजित यादवले पछाडिबाट भिडियो बनाइरहँदा भिडियो किन बनाएको सोधेपछि संजितले जबर्जस्ती हात समाएर खेतमा उतानो लडाई लछारपछार गर्दै जबर्जस्ती गर्न खोजेपछि गोहार माग्दा नजिकै भैंसी चराउदै गरेका २/४ जना आएपछि संजित भागेको बताइन ।
साजनका अनुसार सोही दिन बेलुका घरको दलानमा मूर्ति कुरेर बसिरहँदा संजित यादव ,सचिदानन्द यादव , शैलेन्द्र यादव सहित आएर घरबाट जर्वजस्ती उठाएर लग्न खोजेपछि घर परिवारले आएर उदारको क्रममा एकजनालाई कुटपिट समेत गरेको थियो ।
यसैबीच उक्त घटनामा आफ्नो छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिकाकी काकी परिवर्तित नाम लालमैनदेवीले ईलाका प्रहरी कार्यालय कडरबोनामा निवेदन दिन जादा त्यहाँका प्रहरीले लालमैनलाई उल्टै पक्राउ गरी थुनामा राखेको पीडित बालिकाले बताईन । कुटपिट गरेको भनेर लालमैन विरुद्ध प्रहरीमा जाहेरी आएकोले उहाँलाई शुक्रवार पक्राउ गरी थुनामा राखी आईतबार अदालतबाट म्याद थप समेत गरिसकिएको सप्तरी प्रहरीले जनाएको छ ।
यता बालिकालाई जिस्क्याउने र जबरजस्ती करणीको प्रयासमा संलग्न युवकहरुलाई अहिलेसम्म प्रहरलिे पक्राउ नगरेको पिडितको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले केटाले बालिकालाई जिस्क्याएर गल्ती गरेका छन् भने पिडित पक्ष भनिएकाले कानूनलाई हातमा लिंदै केटालाई कुटपिट गरेर थप गल्ती गरेकोले दुबै पक्षको उजुरी लिई कार्यवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २०:३४:३७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित