सप्तरीको अग्निसाइर कृष्णासवरण गापामा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण कामकाज अनिश्चितकालका लागि सम्पूर्ण काम काज स्थगित
मिति: २०२३-०३-०२ , समय : १४:३३:४५ , गामघर डेस्क
मिति: २०२३-०३-०२ , समय : १४:३३:४५ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । अाकस्मिक सेवाहरु बाहेक अर्को सूचना प्रकाशन नहुन्जेल सम्म अनिश्चितकालका लागि सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका सम्पूर्ण काम काज स्थगित गरिएको छ । गाउपालिकाकाे अति अावश्यक कामकाज बाहेत सम्पूर्ण कामकाज ठप्प पारेपछि हजारौं सेवाग्राहीहरु समस्यामा परेका हुन ।
सूचनाका अनुसार फाल्गुन १७ गत्ते अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मादक पदार्थ सेवन गरि निजले प्रयोग गर्दै आएको सरकारी न. प्लेटको गाडी नम्बर स.१ झ ५०८ मा सवार भई कार्यालय समय भित्र कार्यालयमा प्रवेश गरि कार्यालयको सम्पूर्ण कर्मचारीहरु लाई गाली गलौच अपशब्द ,थर्काउने जस्ता अनुचित कार्य एबम आफुले धारण गरेको सार्वजनिक पद एबम मर्यादा बिपरितका कार्यहरु गरेकोले, आकस्मिक सेवाहरु बाहेक अर्को सूचना प्रकाशन नहुन्जेल सम्म अग्निसाइर कृष्णासवरण गाउँपालिकाका सम्पूर्ण काम काज स्थगन गरिएको व्यहोरा उलेख गरिएको छ ।
यता साे सम्बन्धमा गाउँपालिका अध्यक्ष दिनानाथसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: २०२३-०३-०२ , समय : १४:३३:४५ , 2 years अगाडि