समतामूलक समाज निर्माणका लागि भक्तपुरमा प्रशिक्षण कार्यक्रम

मिति: २०२३-०८-२६ , समय : २१:४५:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । समतामूलक समाज निर्माण महाअभियानले शनिवार भक्तपुरस्थित एक रिसाेर्टमा समतामूलक समाज निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

प्रशिक्षण कार्यक्रममा समतामूलक समाज निर्माणका लागि आवश्यक पर्ने सर्त तथा सकृयताका विषयमा चर्चा भएको थियो। यसैगरी, नेपालले संवैधानिक रुपमा गुमाएको अन्तर्राष्ट्रिय पहिचान पुर्नस्थापनाका लागि तथा वर्गिय झगडालाई निर्मुल पानएका निम्ती योजनावद्ध रुपमा काम गर्नु पर्ने जनाईएको छ।

देशको विकासका लागि हिमाल, पहाड र तराईलाई एक सुत्रमा बाध्नुको विकल्प नभएको भन्दै सहभागिहरुले त्यसका लागि राज्यले नै अग्रसरता देखाउनु पर्ने आवश्यक्ता औंल्याए। संस्कृतीविद् पं. श्रीनन्दन भारद्वाजले अहिले वैज्ञानिकहरुले पनि सत्य सनातन धर्ममा नै रहेर नयाँ–नयाँ खोजहरु गरिरहेको वताए।

चिकित्सा क्षेत्रमा अपनाईन विभिन्न उपचार पद्धतीहरु पनि वेद, उपनिसद र सनातन धर्ममा आधारित रहेको उनको भनाई थियो।

महाअभियानका राष्ट्रिय संयोजक विजय प्रकाश निषादकाे अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा वरिष्ठ उपाध्यक्ष विशाल झा, केन्द्रीय उपाध्यक्ष सुनिता साह क्रान्ति , महासचिव अभिषेक तिवारी, कोषाध्यक्ष निलम महतो, संस्कृतीविद पं. श्रीनन्दन भारद्वाज, योगी नरहरिनाथ टष्टका अध्यक्ष शंकर पौडेल, नेपाल क्यान्सर सोसाइटीका अध्यक्ष रामनाथ मैनाली लगायतको सहभागिता थियो।

प्रकाशित मिति: २०२३-०८-२६ , समय : २१:४५:०९ , 2 years अगाडि