सहकारीमा रकम हिनामिना गरेको आरोपमा चारजना जेल चलान
मिति: २०२३-०३-०२ , समय : १३:२३:४८ , गामघर डेस्क
मिति: २०२३-०३-०२ , समय : १३:२३:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशकाे सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पूर्वपक्षका लागि कारागार चलान भएका छन् । सर्लाहीको मलंगवा नगरपालिका वडा न. ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दिपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं. १० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर प्रसाद सिंह, संस्थाका ऋणी मलंगवा २ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिए ।
उनका अनुसार रकम हिनामिना भएको सम्बन्धमा संस्थाका उपाध्यक्ष जय प्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठसमेतले उनीहरुलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए । अनुसन्धान पश्चात प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०३-०२ , समय : १३:२३:४८ , २ वर्ष अगाडि