सप्तरीको तिलाठी कोईलाडीमा इन्धन खर्चमा अनियमितता , झन्डै ६० लाखकाे इन्धन खर्च भएको खुलासा
मिति: २०२३-०८-२३ , समय : ०६:३२:११ , गामघर डेस्क
मिति: २०२३-०८-२३ , समय : ०६:३२:११ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको तिलाठी कोइलाडी गाँउपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा इन्धनमा गरेको खर्च रकम नियमसङ्गत देखिएको छैन । विनियोजित बजेटको स्वीकृत खर्च र्शिर्षकमा खर्च गर्नुपर्नेमा शीर्षक फरक पारी खर्च गरेको साथै इन्धन प्रयोगको सवारी लगबुक समेत पेश नभएको महालेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।
शीर्षक फरक गरेर पालिकाले गोश्वारा भौचर नम्वर १९७ बाट ओएनएम सर्वेमा विनियोजित बजेटबाट इन्टेरनेशनल ट्रेड लिन्कलाइ रकम भुक्तानी गरेको छ । प्रतिवेदन अनुसार दुई हजार ७९ लिटर डिजेल, सात सय ८४ लिटर पेट्रोल वापतको चार लाख २५ हजार छ सय रुपैया नियमसङ्गत नरहेको खुलासा भएको छ ।
नियमानुसार प्रत्येक सवारी साधनको लागि बेग्लाबेग्लै सवारी लगबुक राखी महल भर्नुपर्ने हुन्छ तर यसो नगरी लगबुक लुज सिटमा राखेको छ । जसका कारण सवारी साधनको इन्धन खपत र गुडेको किलोमिटर विश्लेषण गर्न नसकिएको प्रतिवेदनमा जनाएको छ। पालिकाले विभिन्न गोश्वारा र मितिबाट पदाधिकारी र कार्यालय प्रयोजन समेत गरी इन्धनमा ५९ लाख ५९ हजार दुइसय ७० रुपैया खर्च गरेको छ ।
पदाधिकारी तर्फ १७ लाख २४ हजार नौ सय ९९ र कार्यालय प्रयोजन भनेर ४२ लाख ३४ हजार दुई सय ७१ रुपैया खर्चिएको छ । आर्थिक कार्यविधी तथा बित्तिय उत्तरदायित्व ऐन २०७५ को दफा ३९ अनुसार खर्चको बील भरपाइ सहितको लेखा राख्नुपर्छ ।
प्रकाशित मिति: २०२३-०८-२३ , समय : ०६:३२:११ , १ वर्ष अगाडि