सप्तरीको बाेदे बर्साईनमा सुबिधा सम्पन्न आशीर्वाद प्याथ ल्याव एन्ड क्लिनिकको उदघाटन
मिति: २०२३-०८-२१ , समय : १४:१८:३१ , उमेश कुमार साह
मिति: २०२३-०८-२१ , समय : १४:१८:३१ , उमेश कुमार साह
उमेश कुमार साह
बोदे बर्साईन । सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका वार्ड नम्बर ५ स्थित बोदे बर्साईन बजारमा सुबिधा सम्पन्न आशीर्वाद प्याथ ल्याव एन्ड क्लिनिक सेवा सुरु गरिएको छ ।
आशीर्वाद प्याथ ल्याब एन्ड क्लिनिकको रुपमा सुविधा सम्पन्न ल्याबको एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य ,मधेश प्रदेश इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादव र बिशिस्ट अतिथि सप्तरी क्षेत्र नं.४(ख) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य माननीय अनिरुद्ध प्रसाद सिंह यादवको संयुक्त उपस्थितिमा ल्याबको उद्घाटन गरिएका थिए ।
पहिला देखि नै आशीर्वाद फार्मेसी सन्चालनमा ल्याएका ब्यबसायीहरु तथा अन्य प्राबिधिकहरुको सल्लाह अनुसार बोदे बर्साईन नगरपालिकामा पहिलोपटक यस्तो सुबिधा सम्पन्न ल्याब सेवा सुचारू गरिएको छ ।
अब ल्याब सम्बन्धित कुनै पनि कल्चर गर्नु परेमा जिल्ला बाहिर जानु नपर्ने र बाहिर दिने सबै खालको सुविधा यहि उपलब्ध गराउने सन्चालक पवन कुमार साहले बताएका छन ।
बोदे बर्साईनमा सुबिधा सम्पन्न ल्याब नहुँदा यहाँका सामान्य बिरामीहरुलाई पनि रिफर गर्नु पर्ने बाध्यता रहेको थियोे । अहिले आशीर्वाद प्याथ ल्याव एन्ड क्लिनिकमा सबै खालको स्वास्थ्य चेकजाँच सम्बन्धि सेवा उपलब्ध गराएपछि बोदे बर्साईन नगरबासीहरु हर्सित छन ।
ल्याब सेवाको बिधिबत उदघाटन हुनु पुर्व देखिनै स्वास्थ्य परिक्षण सुरु गरिएको छ । नयाँ ल्याब सेवाका बारेमा संचालक पवन कुमार साहले जानकारी दिएका थिए ।
प्रकाशित मिति: २०२३-०८-२१ , समय : १४:१८:३१ , १ वर्ष अगाडि