सुनसरी सहित काेशि प्रदेशमा ठूलो वर्षा, आज यी नदीमा बाढीको जोखिम

मिति: २०२३-०८-२१ , समय : १०:२९:०७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा भएको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

झापा, मोरङ, सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले आज र भोलि सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित मिति: २०२३-०८-२१ , समय : १०:२९:०७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित