मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको दुईवटा औंलाको अपरेसन

मिति: २०२३-०८-२० , समय : ०६:५६:१५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन भएको छ । शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा उनको औंलाको अपरेसन गरिएको हो ।

कान्छी औंला छेउको दुईवटा औंलामा करिब ७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराएको हुँ’ मुख्यमन्त्री यादवले भने ।
उनलाई केहिदिन आराम गर्न चिकित्सकले सल्लाह दिएको छ ।

प्रकाशित मिति: २०२३-०८-२० , समय : ०६:५६:१५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्