युक्रेनको चेर्निहिव शहरमा मिसाइल आक्रमण, ६ जनाको मृत्यु, ११७ घाइते

मिति: २०२३-०८-२० , समय : ०६:३१:३३ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

युक्रेन । युक्रेनको उत्तरी शहर चेर्निहिवमा रुसले मिसाइल आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनका आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । मिसाइल आक्रमणमा परी विश्वविद्यालय भवन र थियटर क्षतिग्रस्त भएका छन् ।

मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेका हुन् । स्वीडेन भ्रमणमा पुगेका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले पोलिटेक्निक विश्वविद्यालय र थियटरमा आक्रमण भएको टेलिग्राममा लेखेका छन् ।

यता आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने भएको छ ।

प्रकाशित मिति: २०२३-०८-२० , समय : ०६:३१:३३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्