भारतकाे बिहारमा घरमै पसेर एक पत्रकारको गोली दागेर हत्या

मिति: २०२३-०८-१८ , समय : २०:४१:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
मधेश प्रदेशको सीमावर्ती भारतको बिहार राज्यको अररिया जिल्लामा एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।

बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो ।


चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएको अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन् ।

गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ ।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । उक्त हत्याका एकमात्र साक्षी विमल थिए । विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : २०:४१:५५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित