मधेस प्रदेश : सवारी दुर्घटनामा एकजनाको मृत्यु , अर्का गम्भीर घाइते
मिति: २०२३-०८-१६ , समय : १४:१५:४८ , गामघर डेस्क
मिति: २०२३-०८-१६ , समय : १४:१५:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा सवारी दुर्घटनामा परेर एक युवककाे मृत्यु भएको छ । यस्तै, सोही दुर्घटनामा एक महिला गम्भिर घाइते भएकी छिन् ।
मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका १ बस्ने २५ वर्षीय पप्पु यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरी निरिक्षक दिपक कुमार कार्कीका अनुसार गएराती लक्ष्मिनिया गाउँपालिका ७ जनकपुर-ढल्केवर सडक खण्डमा जनकपुरधामबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज१च १६६९ नं.को बोलेरो पिकअपले बिपरित दिशा बाट आउँदै गरेको प्र २-०२-००३प ९१५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरडधाम ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही बस्ने ४५ वर्षीया शान्ति देवी सहनी गम्भिर घाइते भएकी छिन् । उनको उपचार सेन्ट्रल अस्पताल लक्ष्मिनियामा भइ रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०८-१६ , समय : १४:१५:४८ , १ वर्ष अगाडि