सप्तरीमा पाँच लाख घुससहित दुईजना कर्मचारी अख्तियारको फन्दामा
मिति: २०२३-०८-१६ , समय : १०:५१:२३ , गामघर डेस्क
मिति: २०२३-०८-१६ , समय : १०:५१:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारी पाँच लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२३-०८-१६ , समय : १०:५१:२३ , 2 years अगाडि