सप्तरीको बरहि बिरपुरबाट देवघरसम्म साइकल यात्रा….ऐतिहासिक,सामाजिक,सांस्कृतिक सद्भाव सुदृढ गर्ने विश्वास
मिति: २०२३-०८-१५ , समय : १८:११:४१ , रुपेश कुमार यादव
मिति: २०२३-०८-१५ , समय : १८:११:४१ , रुपेश कुमार यादव
रुपेश कुमार यादव
छिन्नमस्ता । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउनुका साथै छिन्नमस्ता भगवतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज ( मंगलबार) सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–१ बरही बिरपुरस्थित बाबा डिहबार मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरमा रहेको बाबा बैजनाथ धाम अर्थात बाबाधामको यात्राका लागि छिन्नमस्ता गाउँपालिबाट दुई दर्जन साईकल, कपडा, बाटो खर्च लगायत आर्थिक सहयोगमा सहित साईकल यात्रीहरुलाई दर्शनका लागि विदाई गरेका हुन् ।
करीब तीन दर्जन साइकल यात्रीले १५ दिनमा ३३८ किलोमिटरको यात्रा तय गर्दै देवघर पुग्नेछन् । बाद्यवादन सामग्रीका साथ हिँडेको टोलीले मैथिली लोकगायन, परम्परा एवं शैलीको आदानप्रदान गर्नुका साथै नेपाल र भारतको विभिन्न राज्यमा बोलिने मैथिली भाषाबीचको समानताबारे ठाउँठाउँमा विचार मन्थनसमेत गर्ने उदेश्यले यात्रा प्ररम्भ गरेका छन् ।
मैथिली अभियानकर्मी सम्मिलित टोलीको यात्राले विश्वकै सरल, मिठास एवं समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचारप्रसार गर्दै मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा जागरण ल्याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको भनाई छ ।
साईकल यात्रालाई विदाई गर्ने क्रममा छिन्नमस्ता गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ललन प्रसाद यादवका अनुसार सखडा स्थित रहेका प्रसिद्ध छिन्नमस्ता भगवतिको थप प्रचारप्रसार एवं ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने विश्वास लिएको बताए ।
साे विदाई कार्यक्रममा अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव, प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादव, वडा अध्यक्ष ललन प्रसाद यादव,महिला परिषदकि रमिला साह सहित स्थानिय भद्रभलादमि , बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०८-१५ , समय : १८:११:४१ , १ वर्ष अगाडि