रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट हुँदा १२ जनाको मृत्युु, ६० जनाभन्दा धेरै घाइते

मिति: २०२३-०८-१५ , समय : १०:५८:५१ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

रुस ।
रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् । ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ ।

त्यहाँ झण्डै २ सय ६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ । आगो ६ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । मखाच्कला मस्कोबाट झण्डै १६ सय किलोमिटर टाढा पर्छ । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १०:५८:५१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित