अमेरिकाको हवाई राज्यमा डढेलाेका कारणले ९३ जनाको मृत्युु
मिति: २०२३-०८-१३ , समय : १९:२४:४४ , गामघर डेस्क
मिति: २०२३-०८-१३ , समय : १९:२४:४४ , गामघर डेस्क
गामघर डेस्क
अमेरिका ।
अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९३ जना पुगेको छ । जङ्गलाकाे आगो बस्तीसम्म फैलिँदा ९३ जनाको ज्यान गएको र कैयौँ घाइते भएका बीबीसीले जनाएको छ । झन्डै सय जना मानिस बेपत्ता रहेका छन् ।
विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको धेरै क्षति भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । डढेलोले ग्रामीण क्षेत्रमा धेरै क्षति भएको छ । केही सहरी क्षेत्रका भवनहरू पनि ध्वस्त भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।
दुई हजार दुई सयभन्दा धेरै भौतिक संरचना नष्ट भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ । एजेन्सी
प्रकाशित मिति: २०२३-०८-१३ , समय : १९:२४:४४ , १ वर्ष अगाडि