सप्तरीका सिडियाेले क्षमायाचना नमागेसम्म सप्तरीका पत्रकारहरुकाे आन्दोलन जारी रहने महासङ्घकाे उदघाेष
मिति: २०२३-०८-११ , समय : १९:२९:०३ , गामघर डेस्क
मिति: २०२३-०८-११ , समय : १९:२९:०३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीका पत्रकारहरुले क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै आन्दोलन जारी राखेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा अाज शुक्रवार दोस्रो दिन पनि उनीहरूले राजविराजमा प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न पत्रकारहरुलाई नपाउने सुचना जारी गरेको थियो ।
सोको विरोधमा पत्रकार महासंघ सप्तरीले प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सुचना फिर्ता लिन भनेको थियो । तोकिएको समयमा सुचना फिर्ता नलिएपछि क्षमायाचना सहित सुचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका छन् ।
बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए पनि पत्रकार महासंघ सप्तरीले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षको विभिन्न कार्यक्रम समेत सार्वजनिक गरेको महासधको सचिव रामनारायण विश्वास सञ्चारकमीैहरुलाई जनाएका छन् । सचिव विश्वास द्वारा जारी विज्ञप्तिमा अान्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना,रिले अनसन ,सिटि जुलुस ,मेनवति प्रदर्शन लगायतको आन्दोलनको कार्यक्रम रहेको बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०८-११ , समय : १९:२९:०३ , १ वर्ष अगाडि