मधेस प्रदेश : मिटरब्याजको आरोपमा पिडित लेनदेन सङ्घर्ष समितिकि काेषाध्यक्ष सुजाता साह पक्राउ

मिति: २०२३-०८-१० , समय : १०:००:३६ , गामघर डेस्क

तस्बिर : फायल फाेटाे /गामघर टिभिबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सिरहाबाट मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा न.६ की ३५ वर्षीया सुजाता साह हुन ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले साहलाई बुधवार साँझ पक्राउ गरेको हो । अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतको आदेशको आधारमा उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो ।

ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परेको बुझिएको छ । उनीमाथि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दर्जनौँ बढी उजुरी दर्ता छ । पक्राउ परेकि साह पिडित लेनदेन सङ्घर्ष समिति सिरहाकि काेषाध्यक्ष हुन ।

मिर्चैया क्षेत्रमा साह लामो समयदेखि चर्को मिटरब्याजमा लगानी गर्दै आएकी हुन् । उनका श्रीमान् (नाम नखुलेको) ले मिर्चैयामा कपडा पसल चलाउँछन् ।

कानून विपरीत सयकडा ३६ प्रतिशत ब्याजमा लगानी गर्ने र कतिपय व्यक्ति ऋण चुक्ता गर्दा पनि कपाली नदिने, हरहिसाब पनि गलत ढंगले गर्ने गरेको उनीमाथि पीडितहरूले आरोप लगाएका छन् ।

प्रकाशित मिति: २०२३-०८-१० , समय : १०:००:३६ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित