नेकपा एमालेले पाँच बुदै ज्ञापन पत्र बुझाए सप्तरीका सिडियाेलाइ
मिति: २०२३-०८-०८ , समय : २१:२५:२१ , गामघर डेस्क
मिति: २०२३-०८-०८ , समय : २१:२५:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत प्रधानमन्त्रीलाई विभिन्न माँग राखी ज्ञापन पत्र बुझाएका छन् । मंगलवार बुझाएको ज्ञापन पत्रमा सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पिडित किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नै, सम्पूर्ण किसानहरुको जग्गामा सिंचाईको व्यवस्था गर्नुपर्ने, मलखाधको व्यवस्था गर्नुपर्ने, पशु लम्पि स्किन नामक रोगबाट मरेको पशुको क्षतिपूर्ति दिनुपर्ने लगायत पाँच सूत्रिय माँग राखी ज्ञापन पत्र बुझाएको पार्टी सचिव देवनाथ यादवले जानकारी दिनु भयो ।
सो अवसरमा केन्द्रीय सदस्यद्वय दिवाकर देवकोटा, सरीता गिरी, प्रदेश सदस्य बसन्त कुमार मिश्र, मो. कलिम मियाँ, हिरण्य गुप्ता, कल्पना चौधरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी लगायतंको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२३-०८-०८ , समय : २१:२५:२१ , १ वर्ष अगाडि