मधेस प्रदेश : सर्पले डसेर एक बालककाे मृत्युु

मिति: २०२३-०८-०८ , समय : १०:२४:१४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएकाे छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएकाे हाे।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेकाे मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेकाे सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा नरहेको भन्दै उनलाई जनकपुर रेफर गरिएकाे थियाे । बालककाे जनकपुरमा उपचारका क्रममा बालकको ज्यान गएकाे हाे ।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १०:२४:१४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित