पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ जनाको मृत्युु , ५० जनाभन्दा धेरै घाइते
मिति: २०२३-०८-०६ , समय : १८:३९:०३ , गामघर डेस्क
मिति: २०२३-०८-०६ , समय : १८:३९:०३ , गामघर डेस्क
गामघर डेस्क
पाकिस्तान ।
पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिगबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानका रेलमन्त्री साद रफिकले १९ जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।
सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुई वटा रेल आपसमा ठोकिँदा ६५ जनाकाे ज्यान गएकाे थियाे भने एक सय ५० जना घाइते भएका थिए । यस्तै सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ जना यात्रुको ज्यान गएको थियो । एजेन्सी
प्रकाशित मिति: २०२३-०८-०६ , समय : १८:३९:०३ , १ वर्ष अगाडि