चीनको हेबेईमा बाढीमा परि १० जनाको मृत्युु
मिति: २०२३-०८-०६ , समय : १०:२८:२६ , गामघर डेस्क
मिति: २०२३-०८-०६ , समय : १०:२८:२६ , गामघर डेस्क
गामघर डेस्क
चिन ।
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।
बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।
चीनमा शुक्रवार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् । एजेन्सी
प्रकाशित मिति: २०२३-०८-०६ , समय : १०:२८:२६ , १ वर्ष अगाडि