सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिति: २०२३-०३-०१ , समय : १७:२४:०१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । यता साे बिषयमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-०१ , समय : १७:२४:०१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित