भलुवामा एक किसान आफनै जग्गामा लगाएको रुख उपभोग गर्नबाट बन्चित

मिति: २०२३-०८-०५ , समय : २०:१०:२४ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ भलुवामा एक किसान आफनै जग्गामा लगाएको रुख उपभोग गर्नबाट बन्चित भएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ भलुवा टोलका वौवालाल यादव रहेको हो । विगत वर्षौ वर्षदेखि सप्तकोशीमा कोशी ब्यारेज बन्दाखेरी पश्चिमी कोशी बाँधसगै रहेको जग्गामा परापुर्व कालदेखि उपभोग गर्दै आएको आफनो भोगचलनका जग्गामा लगाएको विभिन्न किसिमको रुखमा सोही ठाउँका ननुलाल खत्वैले सो रुख आफनो रहेको दावी गर्ने गरेको पिडित यादवले सञ्चारकर्मी समक्ष आफनो दुखेसो पोखेका छन । उहाँका अनुसार आफनो भोग चलनको जग्गा ननुलाई रेखदेख गर्न दिएकोमा अहिले सो जग्गासंग टासिएको रुखका बोटहरु हडप्न खोजेको आरोप छन । कोशी ब्यारेज बने पछि उक्त जग्गा डुवान क्षेत्र भित्र परे पनि परापुर्व कालदेखि दाजु–भाईहरुसंगको जग्गा वाडफाडमा आफनो अंशमा परेदेखि नै बाँधसगै टाँसिएको रुखहरु र खाली जग्गामा खेती पाती गर्दै आएको बताए । ननुले केही दिन यता बाँधसग टाँसिएको रुखहरु उकलोटी गर्न विभिन्न निकायमा गए पछि आफुलाई सो वारे जानकारी भए पछि आफु अहिले सो बाँधसग टाासिएको जग्गा सहित रुखहरुको संरक्षणमा लागेको बताए । यस जग्गामा लगाएको रुख लगायतमा अरु कसैको हक नरहेको यादवको दावी छन ।

प्रकाशित मिति: २०२३-०८-०५ , समय : २०:१०:२४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित