हत्या कसुरका फरार अभियुक्तलाई प्रहरीको सुरक्षा, ४ वर्ष कैद बस्नु पर्ने ब्यक्ति प्रदेश सभामा

यस्तो छ प्रदेश सांसद यादव विरुद्ध तिन तहका अदालतले गरेको फैसला (फैसला सहित)....

मिति: २०२३-०८-०५ , समय : १५:१५:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएका छन्। उनी फरार अपराधी भएकै वेला प्रदेश सांसद निर्वाचित भएको खुलेको छ।

राजनीतिक पहुँचका आधारमा सजाय भोग्नबाट उम्किदै आएका यादव सांसद निर्वाचित भएपछि झन निस्फिक्री भएका छन्। स्वतन्त्र रुपमा निर्वाचित उनलाई सप्तरी जिल्ला अदालतले ०७१ सालमै दोषी ठहर गरेको कागज सबुत प्रमाण सहित प्राप्त भएको छ।

सप्तरी लिल्ला अदालतका न्यायायधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले २०७१ चैत्र ११ गते अनिरुद्र सहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको ०७५ भदौ ९ गतेको संयुतm इजलाशले जिल्लाको फैसलालाई सदर गरेको छ।

यसैगरी, सर्वोच अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला र उच्च अदालतले गरेको फैसलालाई नै सदर गर्ने आदेश दिएको छ ।

यादवको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साईन गाविस– ४ बाट ०६४ असार ९ गते सप्तरीके खोक्सरप्रवाहा – १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो।

चौधरीलाई नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ। हत्याको विषयमा मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिईन। प्रहरीले अदालतमा मुद्दा दर्ता गरेपछि यादव बयान दिनसमेत नगई फरार भएका थिए। अदालतले दोषी ठहर गरेपनि प्रहरीले भने हालसम्म उनलाई पक्राउ गर्ने भन्दा पनि सुरक्षा दिएर हिडेको छ।

उनी ०७९ मंसिर ४ को प्रदेश सभा निर्वाचनमा भागलिई निर्वाचित भएका हुन।

अदालतको फैसलामा के छ ?
सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादवसहितको हकमा ०७१ चैत ११ गरेको फैसलामा उनले ४ वर्ष कैद वस्नु पर्ने उल्लेख छ। ‘प्रतिवादी उपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैनन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिने सम्मको कसुरमा सग्लन भएको देखिन आउछ । यसरी प्रतिवादीको कसुर १७ (२) नम्बर सम्मको देखिदा सोहि नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिने सम्मको कसुरकमा कसुरको मात्रका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ ।’– फैसलामा भनिएको छ।

यसरी फैसला अनुसार प्रतिवादी ताराकन्त यादबलाई २ वर्ष र अनिरुद्र सिंह यादव सहितलाई ४ वर्ष कैद सजाय भएको देखिएको छ। नेपाल आजबाट

प्रकाशित मिति: २०२३-०८-०५ , समय : १५:१५:५१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित