२५ लाखकाे भवन अलपत्र : वडा कार्यालय निर्माणमा वडाअध्यक्ष सिंहको कन्जुसायी….

मिति: २०२३-०८-०४ , समय : ११:४०:०३ , नविन यादव

निर्माणाधीन अलपत्र वडा कार्यालय ...तस्बिर : गामघर टिभिबाट

नविन यादव

राजविराज ।
जिल्लाको तिलाठी कोईलाडी गांँउपालिका वडा नम्वर ६ स्थित निर्माणाधिन वडा कार्यालय सम्पन्न गर्न वडा अध्यक्षले कन्जुसायी गरेको स्थानियको गुनासो छ । वडा अध्यक्ष रोशन सिंहले निर्माणाधिन वडा कार्यालयको भवन सम्पन्न गर्ने तर्फ कुनै चासो नदिदा भवन अलपत्रै अवस्थामा रहेको स्थानिय मनोज यादवले बताए ।
२०७८ सालमा तत्काल वडा अध्यक्ष गोविन्द यादवले भवन निर्माणको सुरुवात गरेको थियो । उनको पालामा प्लष्टर र झ्याल ढोकाको काम बाहेक चारकोठे भवनको छतसम्म भएको थियो यादवले भने त्यस बाहेक सिंहले यसमा हातै हालेन । सिहले गत आर्थिक वर्ष ०७९-०८० को वडा सिलिङ्गको ७१ लाख वजेटबाट भौतिक तर्फको खर्चमा कन्जुसायी गरेको यादवले थपे ।
वभनगामा टोलमा विकासीय कामका लागि भनेर छुट्टयाइएको १० लाख पनि त्यहाका जनताले भवनलाई पूरा गर्न भनेर वडालाई फीर्ता गरेको थियो र त्यहि बजेटबाट भवनको झ्याल र ढोकाको प्रारम्भिक कार्य भएको यादवले जोेेडे । अघिल्लो कार्यकालमा तत्काल गाउपालिका अध्यक्ष सतिष कुमार सिंहले कार्यालय भवन निर्माणका लागि दुइ कठ्ठा जग्गा २८ लाखमा खरीद गरेर वडालाई हस्तान्तरण गरेका थिए ।
वडा अन्तर २ लाख देखी ५ लाख सम्मको विभिन्न सिपमुलक कार्यक्रम कागजी प्रक्रियामा राखेर बजेट सिध्याउने काम मात्र गरिएको वाड न ६ को नविन सिहले आरोप लगाउनुभयाे । उहाको अनुसार सिपमुलक कार्यक्रम अन्तर्गत तालिम, गोष्ठी, लगायत कार्यक्रम गर्दा उल्लेखित सहभागी संख्या र भत्ता खर्च कागजी प्रक्रियामै सिमित छ । यस्तै वडा स्तरमा स्वास्थ्य, शिक्षा, कृषिमा पनि खासै प्रगति मुलक काम भएको छैन । स्थानियहरुको विभिन्न आरोपको संदर्भमा बुझ्न वडाध्यक्षलाई सम्पर्क गर्दा नीज बाहिर रहेको वडासदस्य रफिद मंसुरीले बताए ।

प्रकाशित मिति: २०२३-०८-०४ , समय : ११:४०:०३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित