सप्तरीको तिरहुत गाउपालिकाकाे नमुना कार्य….दलित छात्राहरुलाइ हिराे कम्पनीको साइकल वितरण

मिति: २०२३-०८-०३ , समय : ०८:००:०२ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज । सप्तरी जिल्लामा हालसम्म कुनैपनी पालिकाले नगरेको ऐतिहासिक कार्य तिरहुत गाउपालिकाले झण्डै दुई सय दलित छात्राहरुलाइ साइकल वितरण गरेको छ । गाउपालिका स्तरीय योजनाबाट दलित समुदायका अध्ययनरत कक्षा आठ देखि कक्षा एघार सम्मका झन्डै दुई सय छात्राहरुलाई हीरो कम्पनीको ब्राण्डेड साइकिल गाउपालिकाका अध्यक्ष बिजय यादवको प्रमुख आतिथ्यमा वितरण गरिएको हाे ।

एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष यादवले उच्च मावि डिमन , सरस्वती मावि लाेहजारा , मावि मेनाकडेरि र भवानि राधा रापावि गाेइठिका झन्डै २०० सय दलित छात्राहरुलाइ हिराे कम्पनीक साइकल वितरण गरेको गाउपालिकाले जनाएको छ ।

यता खासगरी दलित समुदायका बालबालिकाहरु अहिले पनि अार्थिक अभावका कारणले उच्च शिक्षा पाउनबाट बन्चित रहेको बेलामा गाउपालिकाका अध्यक्ष बिजय यादवले दलित समुदायका छात्राहरुलाइ साइकल वितरण गरेकोमा दलित समुदायका अगुवाहरुले खुशी ब्यक्त गर्दै यसबाट दलित समुदायका बालिकाहरु अब उच्च शिक्षा हासिल गर्नेतर्फ अग्रसर हुने विश्वास ब्यक्त गरेका छन।

प्रकाशित मिति: २०२३-०८-०३ , समय : ०८:००:०२ , १ वर्ष अगाडि