सप्तरीको महादेवा गाउपालिकामा अखिल महिला संघ गठन
मिति: २०२३-०८-०२ , समय : २०:२७:३३ , गामघर डेस्क
मिति: २०२३-०८-०२ , समय : २०:२७:३३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महादेवा गाउँपालिका स्तरीय कमिटि गठन भएको छ । शोभा कुमारी ठाकुरको अध्यक्षतामा ३१ सदस्यीय कमिटीमा फुलोदेवी सरदार उपाध्यक्ष,श्री कुमारी सरदार सचिव, सन्जना कुमारी सरदार सह(सचिव,रविना ठाकुर कोषाध्यक्ष रहेकी छन । त्यसै गरी राजकुमारी यादव,जीवछी देवी यादव,सुनिता यादव,कृष्णा ठाकुर,सुनिता देवी सरदार,सुभाषदेवी सदा,प्रमिलादेवी सदा,सरितासदा,समतोलियादेवी सदा,ढुलोदेवी सरदार,गीता यादव लगायत सदस्य रहेकी छन । संघकी जिल्ला सदस्य फुलोदेवी सदाको अध्यक्षतामा सम्पन्न भेलाबाट सो कमिटी चयन भएको छ ।
सो अवसरमा संविधान सभा सदस्य लक्ष्मी चौधरी,पुर्व मधेस प्रदेस सभा सदस्य प्रमिला यादव,पार्टीको तर्फवाट गापा अध्यक्षका प्रत्याशी उम्मेदवार दिपेन्द्र माझी,पत्रकार देवराम यादव,रामनारायण सरदार लगायतले नव गठीत कमिटीलाई शुभ कामना दिएका थिए ।
प्रकाशित मिति: २०२३-०८-०२ , समय : २०:२७:३३ , १ वर्ष अगाडि