अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता
मिति: २०२३-०८-०२ , समय : १३:५४:२० , गामघर डेस्क
मिति: २०२३-०८-०२ , समय : १३:५४:२० , गामघर डेस्क
गामघर डेस्क
अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ ।
ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेका बीबीसीले जनाएको छ ।
मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो बिहीवार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुनुहुने भएको छ ।
पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गर्नुभएका ट्रम्पले भने आफूले केही गलत नगरेको भन्दै आफूमाथि लगाइएको आरोपलाई बकवास भन्नुभएको छ ।
ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुई वटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो ।
चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित बीबीसीले जनाएको छ ।
२०२१ को जनवरीमा जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए। एजेन्सी
प्रकाशित मिति: २०२३-०८-०२ , समय : १३:५४:२० , १ वर्ष अगाडि