सप्तरीमा ८६ प्रतिशत धान राेपाइ, ५० प्रतिशत सुख्खा , किसानहरु चिन्तित

मिति: २०२३-०८-०१ , समय : १५:००:५९ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । सिचाइकाे अभावमा तथा प्रयाप्त वर्षा नहुदा सप्तरीमा ८६ प्रतिशत मात्र धान राेपाइ भएको छ । सप्तरीको कुल खेती याेग्य जमिन मध्ये हालसम्ममा ८६ प्रतिशत मात्रै धान राेपाइ हुन सकेको कृषि ज्ञान केन्द्र राजविराज सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयाप्त बर्षा नहुदा तथा सिचाइकाे अभावमा साउनकाे दाेस्राे साता सम्ममा पनि ८६ प्रतिशत मात्र धान राेपाइ हुन सकेको बताउनुभयो । जसमा ५० प्रतिशत राेपेकाे धान पनि खडेरी भइ सुख्खा भएको प्रमुख यादवले जानकारी दिनुभयो । समयमा प्रयाप्त वर्षा नहुदा तथा सिचाइकाे उचित व्यवस्था नभएका कारणले सप्तरी जिल्लामा धान उत्पादनमा कमि अाउनुका साथै खडेरी जिल्ला घाेषणा गर्नुपर्ने उहाँले बताउनुभयो । सप्तरी जिल्लामा कुल ७२ हजार ४ सय ८२ हेक्टर खेतीयोग्य जमिन रहेको तथा चन्दर् नहर , काेशि पश्चिमी नहर लगायतका खानेपानी अायाेजनाहरुमा समेत पानी अभाव रहेकाले जिल्लाकाे अवस्था यस्तो अाएकाे तथा खडेरी पर्ने प्रबल सम्भावना रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

खडेरीका कारण तथा पानीको अभावमा किसानहरुले मेहनतका साथ खेतमा लगाएको धानबालि समेत सुख्खा हुन थालेपछि यहाँका किसानहरु चिन्तित बनेका छन । यस्तै जिल्लाकाे पश्चिमी तथा उतरि भेगमा खानेपानीको समेत अभाव रहेको कृषि ज्ञान केन्द्रका कर्मचारी अजय कुमार पण्डितले जानकारी दिनुभयो । भनिन्छ नेपाल कृषि प्रधान देश हाे ….तर यहाँका किसानहरूले बर्सेनि सिचाइकाे अभाव , मलखाघकाे अभाव झेल्नुपरेमा पनि तर्फ सरकार तथा सम्बन्धित निकायकाे ध्यान जान नसकेको स्थानीय किसानहरूको गुनासो रहेको छ ।

प्रकाशित मिति: २०२३-०८-०१ , समय : १५:००:५९ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित