सप्तरीमा अबैध काठ सहित एक जना प्रहरी नियन्त्रणमा

मिति: २०२३-०३-०१ , समय : १६:१७:४९ , शुभ नारायण यादब

फाइल फाेटाे

शुभ नारायण यादब

राजविराज ।
सप्तरीको खडक नगरपालिकामा काठ सहित एक जनालाई नियत्रणमा लिएको प्रहरीले जनाएको छ । यसरी पक्राउमा पर्नेमा खडक नगरपालिका वडा नं.४ पनसेराका ४५ बर्षिय अशोक सदालाई नियन्त्रणमा लिएको हो । सदाले काँधमा बोकी अवैध रुपमा सखुवा जातको काठ लगि रहेको अवस्थामा ईलाका पहरी.कार्यालय कडरबोनाबाट गस्तीमा खटिएको टोलिले २५ क्यु.विक फिट अन्दजीमुल्य सत्तरी हजार बराबरको काठ र अशोक सदा समेतलाई नियन्त्रणमा लिइ बुधवार आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी पहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताउनु भयो ।
यसै विच गए राती जिल्लाको डाक्नेश्वरी न.पा.५ मुसहरी टोल सुनद्रपुर स्थितमा टुनि सदाको फुसको १ तल्ले घरमा खानापकाउने क्रममा चुलोबाट आगलगी भई घर पुर्न रुममा जली नस्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा परी घरमा भएको धान,चामल,लता,कपडा,भाडा,बर्तन,नगद सहित एकलाख तेतिस हजार बराबरको सम्पक्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी,र स्थानिय बासिहरूको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २०२३-०३-०१ , समय : १६:१७:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित