मधेश प्रदेश : कांग्रेसका मोहमद समिम र जनमतका चन्दन सिंह मन्त्री नियुक्त
मिति: २०२३-०७-३१ , समय : १८:०६:४२ , गामघर डेस्क
मिति: २०२३-०७-३१ , समय : १८:०६:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।
कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।
प्रकाशित मिति: २०२३-०७-३१ , समय : १८:०६:४२ , १ वर्ष अगाडि