४६ दिनदेखि धर्नामा रहेका अारति साहका परिवारलाई निशुल्क चेकजाँच तथा ओषधि
मिति: २०२३-०७-३१ , समय : १६:५९:१६ , गामघर डेस्क
मिति: २०२३-०७-३१ , समय : १६:५९:१६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । समतामूलक समाज निर्माण महाअभियानका टिमले विगत ४६ दिनदेखि काठमाडौंमा धर्नामा बसेका अारति साहका परिवारलाई निशुल्क चेकजाँच तथा ओषधि दिएकाे छ । काठमाडौं स्थित माइतीघर मण्डलामा विगत ४६ औं दिन देखि धर्ना बसेका आरति साहका परिवारलाई स्वास्थ स्थिति अस्वथ रहेको जानकारी पाएपछि महाअभियानका सदस्य डाक्टर ऋषि साह द्वारा नि:शुल्क चेकजाच गरि औषधि सहित प्रदान गरिएको हाे । साथै साे टाेलिले वहाँहरुको मांगबारे गृहमन्त्रीका स्वकिय सचिवलाई टेलिफोन मार्फत जानकारी दिएको तथा साे कार्यमा महाअभियानका अध्यक्ष विजय प्रकाश निषाद ,उपाध्यक्ष सुनिता साह र मिना साह सदस्य सहितकाे उपस्तिथि रहेको थियाे ।गृहमन्त्रीका स्वकिय सचिव मार्फत अवगत गराई गृहमन्त्रीसग छिटोभन्दा छिटो समय मिलाउन आग्रह समेत गरिएको अभियानकि उपाध्यक्ष सुनिता साहले जानकारी दिइन ।
प्रकाशित मिति: २०२३-०७-३१ , समय : १६:५९:१६ , १ वर्ष अगाडि