सप्तरीमा एकै दिन पाेखरीमा डुबेर दुई बालिकाको मृत्यु
मिति: २०२३-०७-३१ , समय : १५:२०:३५ , शुभ नारायण यादब
मिति: २०२३-०७-३१ , समय : १५:२०:३५ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ बस्ने महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा नं. १ धनगढी बस्ने विध्यानन्द साहको ८ की किरन साह र वडा नं. ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षीया छोरी शिवानी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भैँसीलाई पोखरीमा नुहाउन जाने क्रम्मा पोखरीमा डुबेर दुवैजनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
यता घटना स्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-३१ , समय : १५:२०:३५ , 2 years अगाडि